उपभोक्ता मुद्रास्फीति बढ्यो
काठमाडौं, २९ पुस । चालू आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७।११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.९३ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ । २०७७ मंसिरको तुलनामा २०७८ मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५।९१ प्रतिशत, तराईमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ मंसिरमा यी क्षेत्रहरूमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५ प्रतिशत र ४.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।