चालु खाता घाटा ३ खर्ब ६९ करोडको

काठमाडौं, २९ पुस । चालु आर्थिक वर्षको पहिलो ५ महिनामाा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.९३ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले बिहिबार जारी गरेको मंसिर सम्मको तत्थ्यांक अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ । विश्वव्यापी रुपमा मूल्यवृद्धि बढ्दै गएको छ । यसको प्रभाव नेपालमा पनि देखिँदै आएको छ । पछिल्ला महिनाहरुमा मूल्यवृद्धि निरन्तर बढीरहेको छ ।

२०७७ मंसिरको तुलनामा २०७८ मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्मको बाह्य अवस्था नाजुक बनेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अधिकांश सूचक खराब लयमा निरन्तर रहेका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिरसम्म रेमिट्यान्स घट्ने क्रम जारी छ। मंसिरसम्मको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा ६.५ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको रेमिट्यान्स दसैँ तिरहारजस्ता चाडपर्वमा पनि बढ्न सकेको थिएन। मंसिरसम्म आउँदा लगातार पाँचौ महिनासम्म रेमिट्यान्समा ह्रास देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ३ खर्ब ८८ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको छ ।

आयातको वृद्धिदरमा भने केही लगाम लागेको छ। मंसिरसम्मको तथ्यांक अनुसार गत वर्षको तुलामा ५९ प्रतिशतले बढेको छ। कात्तिकमा ६१ प्रतिशतले आयात वृद्धि भएको थियो। सतप्रतिशतले निर्यात बढेपनि निर्यातको रकम न्यून हुँदा बढ्दो चालु खाता घाटामा खासै सुधार देखिएको छैन।

पाँच महिनाको तथ्यांकअनुसार ३ खर्ब ६९ करोडले चालु खाता घाटामा रहेको छ। गत वर्ष चालु खाता २३ अर्बले घाटामा थियो ।

शोधानान्तर(नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर) घाटा १ खर्ब ९५ अर्ब १ करोड पुगेको छ। कात्तिकमा यस्तो घाटा १ खर्ब ५१ अर्ब थियो ।

मंसिर मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ बराबरको रहेको छ। यो असारको तुलनामा १३.२ प्रतिशतले न्यून हो। असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति थियो ।

अहिलेको सञ्चितिले ७.५ महिनाको वस्तु तथा ६.८ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने राष्ट्र बैंकको अनुमान छ । पाँच महिनामा भएको आयातको तथ्यांकका आधारमा यस्तो अनुमान गरिएको हो ।

अत्यावश्यक वस्तु बाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरिरहेको छ। भ्रमण सटहीमा कडाइ, सीमित वस्तुको आयातलाई निरुत्साहित गर्ने नीति लिएको छ ।

वाह्य क्षेत्र वैदेशिक व्यापार आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा कुल वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भई रु.१०२ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १३८.० प्रतिशत र २८.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई रु.८३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । ज्ञज्ञ। आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई रु.७३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. ९२ अर्ब ३४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. ६१ अर्ब ८१ करोड बराबरको भएको थियो ।

आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.०७ प्रतिशत र ५२.९१ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पूँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३१.८७ प्रतिशत, ०.७६ प्रतिशत र ६७.३६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.८ प्रतिशत, पूँजीगत वस्तुको १०.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५१.६ प्रतिशत, १२.४ प्रतिशत र ३६.० प्रतिशत रहेका थिए ।

वार्षिक विन्दुगत आधारमा २०७८ मंसिर महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य ११.३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क १४.७ प्रतिशतले बढेको छ ।

२०७८ मंसिर महिनामा ३.० प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा खुद सेवा आय रु.३८ अर्ब ५२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षकोसोही अवधिमा खुद सेवा आय रु.२३ अर्ब ५५ करोडले घाटामा रहेको थियो ।

विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १० प्रतिशत, लगानी कम्पनीको ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ मंसिरसम्ममा सूचीकृत ६ अर्ब १८ करोड शेयरको चुक्ता मूल्य रु.६०८ अर्ब ९२ करोड रहेको छ ।

आर्थिक वर्ष २०७८÷७९ को पाँचौं महिनासम्ममा रु.४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, रु.९ अर्ब ४६ करोड बराबरको साधारण शेयर, रु.८ अर्ब ९३ करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड र रु.२ अर्ब ४४ करोड बराबरको बोनस शेयर गरी कुल रु.७० अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *