Date

बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

पाँच महिनामा २७ खर्ब २१ तरलता प्रवाह

पाँच महिनामा २७ खर्ब २१ तरलता प्रवाह

काठमाडौं, ३० पुस । चालू आर्थिक वर्षको पाहिलो पाँच महिनामा नेपाल राष्ट्र बैंकमार्फत बैंकिङ प्रणालीमा २७ खर्ब २१ अर्ब तरलता प्रवाह गरिएको छ । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा रिपोमार्फत २८७ अर्ब २३ करोड, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड र स्थायी तरलता सुविधामार्फत २४०६ अर्ब ६२ करोड गरी कुल २७ खर्ब २१ अर्ब ६ करोड तरलता प्रवाह गरिएको हो ।

यसैगरी सो अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत ६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत १०१ अर्ब ८० करोड गरी कुल १६१ अर्ब ८० करोड तरलता प्रशोचन भएको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु)मा अमेरिकी डलर ५५ करोड २८ लाख खुद खरिद गरी ६६ अर्ब ४३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ८७ करोड खुद खरिद गरी २२१ अर्ब ८४ करोड तरलता प्रवाह गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x