Shangrila

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमा झीनो वृद्धि

काठमाडौं, ३० पुस । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमा झीनो वृद्धि भएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.९ प्रतिशतले बढेको छ ।

मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.१ प्रतिशत, ३१.५ प्रतिशत र ५४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.१ प्रतिशत, ३३.१ प्रतिशत र ५० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९ प्रतिशत रहेको छ । २०७७ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ४२.७ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *