Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विदेशी पर्यटकबाट ७ अर्ब आम्दानी

विदेशी पर्यटकबाट ७ अर्ब आम्दानी

काठमाडौं, ३० पुस । कोरोना महामारीको प्रभावपछि पर्यटनले गति लिन थालेपछि विदेशी पर्यटनले लय समात्न लागेको छ । पछिल्लो समय विदेशी पर्यटक आगमन बढ्दै गएको छ ।

पर्यटक आगमनसँगै आम्दानी पनि बढ्दै गएको छ । यद्यपि पछिल्लो समय बढेको कोरोनाको ओमिक्रोन भेरियन्टले पर्यटनको वेगमा ब्रेक लगाउने देखिएको छ ।

भाइरस संक्रमण बढ्दै गएपछि सरकारले विदेशीलाई आगमनमा कडाइ गरेको छ ।

यसको असर पर्यटन आगमन तथा आम्दानीमा पर्ने छ ।

चालु वर्षको पहिलो पाँच महिनामा नेपालले पर्यटकबाट ७ अर्ब ८७ करोड ४४ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

यो कोरोना अघिको तुलनामा जम्मा २२ प्रतिशत हो। आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनामा नेपालले पर्यटकबाट ३५ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

विदेशी पर्यटकबाट हुने आम्दानीमा सुधार हुन नसके पनि नेपालीहरुले घुमफिरका लागि विदेशमा गर्ने खर्चको अनुपातमा भने वृद्धि भएको छ ।

नेपालीहरुले घुमफिरका लागि भन्दै यो वर्षको पाँच महिनामा १० अर्ब रुपैयाँ खर्चिएका छन्। कोरोना अघिको खर्चको ५० प्रतिशत हो ।

विदेशी पर्यटकबाट हुने आम्दानी अझै सुस्त हुने देखिन्छ ।

नेपाल राष्ट्र बैंकले सटहीमा कडाइ गरेपनि नेपालीले घुमफिरका लागि विदेशमा गर्ने खर्चको वृद्धिदर भने बढी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x