Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पर्यटन बोर्डद्धारा दीगो पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

पर्यटन बोर्डद्धारा दीगो पर्यटन रणनीतिबारे दातृ निकायसँग छलफल

काठमाडौं, ३० पुस । नेपाल पर्यटन बोर्डले नयाँ परिस्थतीमा दीगो पर्यटनका नयाँ रणनीतिकासाथ काम गर्ने विषयमा दातृ निकाय एवं कुटनीतिक नियोगसँग छलफल गरेको छ ।

बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीअएआरपी)अन्र्तगत देशभर भएका कामबारे जानकारी दिँदै नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१ बारे दातृ निकाय एवं कुटनीतिक नियोगसँगसँग छलफल आयोजना गरेको हो ।

कार्यक्रममा बोर्डले तयार पारेको नेपाल पर्यटन पुनःरुत्थानको रणनीति २०२१, पर्यटकीय सवारी सञ्चालन मार्गनिर्देशन, र फुड एण्ड वेभरेज सर्भिस स्टान्डर्डका बारेमा जानकारी गराइएको थियो ।

शुक्रवार काठमाण्डौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय परियोजना निर्देशक डा. धनन्जय रेग्मीले कोभिड १९ को संक्रमण र यसले पारेको प्रभावका बीच पनि नेपाल पर्यटन बोर्डले विभिन्न रचनात्मक कामहरु गरेको जानकारी दिँदै पछिल्लो परस्थितीमा पनि नयाँ रणनीतिका साथ काम गर्नु पर्ने अवस्था आएको बताए ।

‘कोभिड १९ को कारण विगतको समय हामी सबैका लागि कठिन नै रह्यो । तर पनि हामीले केही रचनात्मक कामहरु ग¥यौं । जसमा पर्यटक खोज तथा उद्धार, आन्तरिक पर्यटन प्रवद्र्धनमा सामाजिक जागरणका कार्य,टाभल प्रोटोकल अपडेट जस्ता कार्य निरन्तर ग¥यौं जसको कारण बोर्डले बेलायतमा वन्डरलस्ट अर्वाड प्राप्त ग¥यो ।

कोभिडको नयाँ भेरियन्टले गर्दा तत्काल परिस्थती सहज बन्ने अवस्था देखिँदैन । यद्यपी यो क्षेत्रलाई बचाई राख्न केही न कही गर्ने पर्ने अवस्था छ त्यसको लागि नयाँ साझेदार आवश्यक रहकोले सहकार्यको लागि दातृ निकायलाई डा. रेग्मीले आग्रह गरे ।

उनले एसटीअएआरपी परियोजनाबाट करिब ६ हजार पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना,१९ वटा हाइकिङ रुट निर्माण,१५ किलोमिटर साइकलमार्ग निर्माण,७५ किलोमिटर पदर्मागको पुनर्निर्माण र ५७ किलोमिटर नयाँ विकास, छ वटा पर्यटकीय सेल्टर निर्माण, सातवटा काठे पुल निर्माण तथा ११ वटाको मर्मत सम्हार गरिएको जानकारी दिँदै यसले पर्यटनका लागि नयाँ प्रडक्ट समेत विकास गरेको बताए ।

परियोजनाले २३ जिल्लाका ३८ वटा पालिकासँगको सहकार्यमा र्पूर्वको कञ्चनजंघा देखि सुदुरपश्चिमको कञ्चनपुरसम्म र तराईमा लुम्बिनी जनकपुर देखि हिमालमा हुम्ला डोल्पा, सोलुखुम्बुको करिब ५ हजार मिटर उचाइसम्म काम गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x