Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बतासको पक्षमा महासंघ

बतासको पक्षमा महासंघ

काठमाडौं, १ माघ । नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समय बतास अर्गनाइजेसनको पक्षमा बोलेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै बतासको बारेमा सरकारले लिएका कदम र आएका समाचारका बारेमा विरोध जनाएको हो ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले अनुमति दिएको सरकारी स्रोतमाथि व्यापार गर्दा एकतर्फी आक्रमण भइरहेको उल्लेख गरेको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा ‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति आपत्ति जनाउँदै, पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारमा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागी भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया संचालनको अनुमति पाएकाले सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएको महासंघको भनाई छ ।

प्रक्रिया र कानून विपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई अन्यथा नलिने तर त्यसको सत्यतथ्य खोजी हुनुपर्ने महासंघको अडान छ

‘संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन’ महासंघको विज्ञप्तिमा जनाइएको छ ।

उद्योग वाणिज्य महासंघले सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउने काम भइरहेकोमा चिन्ता व्यक्त गरेको छ ।

महासंघले मर्यादित र विधिसम्मत व्यवसायको पक्षधर भएपनि विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार भएकाले आपत्ति जनाएको विज्ञप्ति मार्फत प्रष्टाएको छ ।

अतः व्यवसायीमाथि एकतर्फीरुपमा विना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न नगराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहाने महासंघको विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x