Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दुई ठूला करदाता कार्यालयले उठाए १९ अर्ब भन्दा बढी राजस्व

दुई ठूला करदाता कार्यालयले उठाए १९ अर्ब भन्दा बढी राजस्व

काठमाडौं,१ माघ । ठूला करदाता कार्यालयले पुस महिनामा ३४ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् ।

कार्यालयलाई पुस महिनामा ४३ अर्ब रुपैयाँ कर संकलनको लक्ष्य दिइएको थियो ।

कार्यालयका प्रमुख कर प्रशासक शिवलाल तिवारीका अनुसार बिहीबार १४ अर्ब रुपैयाँ र शुक्रबार ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ । ठूला करदाता कार्यालयमा वार्षिक १ अर्ब रुपैयाँ भन्दाबढी रकमको कारोबार गर्ने कम्पनीले कर बुझाउने गर्छन् ।

नेपालमा हाल वार्षिक १ अर्ब रुपैयाँभन्दा धेरै रकमको कारोबार गर्ने कम्पनी ५ सय ५५ वटा रहेका छन् । यो वर्ष नेपाल आयल निगम र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनीले आयकरको किस्ता नबुझाएको करदाता कार्यालयले जनाएको छ ।

होटल र रेष्टुराँ क्षेत्र चलायमान भए पनि राजस्व तिर्ने अवस्थामा नपुगेकाले पनि कर संकलन लक्ष्यअनुसार नभएको आन्तरिक राजस्व विभागको भनाइ छ । पुस मसान्तमा आयकरको ४० प्रतिशत, चैत मसान्तमा ३० प्रतिशत र असार मसान्तमा पनि ३० प्रतिशत बुझाउनु पर्ने कानूनी व्यवस्था छ ।

कम्पनीले वर्षभरमा हुने अनुमानित आय विवरण तयार गरी वार्षिक नाफाको अनुमानित रकम निकाल्ने र सोही अनुमानित नाफामा लाग्ने आयकर दायित्वको ४० प्रतिशत रकम पुस मसान्तमा बुझाउने गर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x