Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

आजदेखि कोरोनाविरुद्धको खोपको ‘बुस्टर डोज’ दिइँदै

आजदेखि कोरोनाविरुद्धको खोपको ‘बुस्टर डोज’ दिइँदै

काठमाडौं । सरकारले आज (आइतवार)देखि कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर डोज’ दिने भएको छ । अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकका साथै खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि बुस्टर मात्राको खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
बुस्टर डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ ओटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । ‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका ६ महिना पूरा भएका व्यक्ति, अग्रपंक्तिमा रहेर काम गर्नेहरू र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो, सोही खोप लगाउनुपर्ने हुन्छ । कोभिड–१९ खोप सल्लाहकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x