Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

६९ अंकले बढ्यो शेयर बजार, ९ अर्ब ६७ करोडको कारोबार

६९ अंकले बढ्यो शेयर बजार, ९ अर्ब ६७ करोडको कारोबार

काठमाडौं, २ माघ । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार ६९ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २.४१ प्रतिशतले बढेर २९२६.७४ अंकमा पुगेको छ ।

आइतवार २२९ वटा कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६७ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सबै समूहको उपसूचक बढेका छन् ।

सोमवार सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनी मध्यभोटेकोशी जलविद्युत् कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो । यस्तै शेयरमूल्य धेरै गुमाउनेमा भने बोटलर्स नेपाल तराई लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूलय ३.८२ प्रतिशतले घटेको छ ।

यस्तै कारोबार रकमका आधारमा अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ, जसको ३२ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x