Shangrila

अजोड इन्स्योरेन्सको घुम्ति सेवा

काठमाडौं, २ माघ । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा पर्वत जिल्लाको जलजला गाऊपालिका वडा नं. ७, धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न भएको छ ।

जलजला गाऊपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए ।

कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पार्नु भएको थियो ।

सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *