Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सानिमा बैंकको मुनाफा बढ्यो

काठमाडौं, ९ वैशाख । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७.३३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकले ९४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैैंकले निक्षेप संकलन र कर्जा प्रवाहलाई थप विस्तार गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकले ७१ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६४ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको बैंकको निक्षेप संकलन ५३ अर्ब ४३ करोड रुपैयाँ र कर्जा प्रवाह ४८ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो ।

बैंकले समिक्षा अवधिमा २ अर्ब ७ करोड रुपैयाँ खुद व्याज आम्दामी गरेको छ । यस्तै बैंकले १ अर्ब ८४ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकले समिक्षा अवधिमा आफ्नो व्यवसायलाई विस्तार गरि मुनाफा आर्जनमा सन्तोषजनक प्रगति गरेता पनि गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा कुल निष्क्रिय कर्जाको अनुपातलाई भने सन्तुलन गर्ने सकेन । गत आर्थिक वर्षमा बैंकको कुल निष्क्रिय कर्जाको अनुपात ०.०४ प्रतिशत रहेकोमा समिक्षा अवधिमा बढेर ०.१७ प्रतिशत पुगेको छ ।

बैंकको प्रति शेयर आम्दामी २०.०९ रुपैयाँ, नेटवर्थ १२८.२४ रुपैयाँ र मुल्य आम्दामी अनुपात १७.७ गुणा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x