Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रा.वा. बैंकको ५७औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई सहुलियत प्रदान

रा.वा. बैंकको ५७औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई सहुलियत प्रदान

काठमाडौं, ३ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि मोवाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा २०७८ माघ १ गते दखि चैतमसान्तसम्म लागू हुने गरी मोवाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । साथै, डिम्याट रजिष्ट्रेशन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ ।

आगामी माघ १० गतेबाट राष्ट्रिय वाणिज्य बैंक ५६ वर्ष पूरा गरी ५७औँ वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x