Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जनकपुरमा सिटिजन्स बैंकद्वारा आफ्नै भवनबाट सेवा सञ्चालन

जनकपुरमा सिटिजन्स बैंकद्वारा आफ्नै भवनबाट सेवा सञ्चालन

काठमाडौं, ३ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरको विद्यापतिचोकमा आफ्नै सुविधासम्पन्न भवन सञ्चालनमा ल्याएको छ । आज (माघ ३ गते) बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त भवनको उद्घाटन गरेका हुन् ।
बैंकको उक्त शाखाबाट सुविधासम्पन्न काउन्टर समेत सुरुवात गरिएको छ । साथै यस शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । यस्तै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम. सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x