Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लिटमस केबलद्वारा ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

लिटमस केबलद्वारा ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

काठमाडौं, ७ माघ । लुम्बिनी विद्युत् उद्योग प्रा.लि.ले बुटवलमा ‘पावर पाटनर्स मिट–२०७८’ सम्पन्न गरेको छ । कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ । कार्यक्रममा लिट्मस केवलका ब्राण्ड एम्बेसेडर नेपाली चलचित्र जगतका महानायक राजेश हमाल लगायत रुपन्देही जिल्लाका वरिष्ठ उच्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । वर्षौंदेखि लिट्मस केवलले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरूमा सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै पार्टनरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन पार्टनरहरूको मेहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो । सोही अवसरमा कम्पनीका ब्राण्ड एम्बेसेडर राजेश हमालले लुम्बिनी विद्युत् उद्योगको पनि भ्रमण गरेका थिए । भ्रमणको दौरान कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामानहरु अवलोकन गरेका थिए ।

सम्मेलनलाई थप अन्तरक्रियात्मक बनाउन विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।साथ–साथै पार्टनरहरुलाई उल्लेखनीय कामका लागि प्रमाण–पत्र तथा अवार्डहरु हस्तान्तरण गरिएको थियो । साथै कम्पनीका पदाधिकारीहरुले सबै पार्टनरहरुसँग भेट गरि उनीहरुका जिज्ञासा पनि लिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x