Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

उपत्यकामा शुक्रबारबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय

उपत्यकामा शुक्रबारबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय

काठमाडौं, ७ माघ । उपत्यकामा माघ ७ गते बिहिबार रातिबाट लागु हुने यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको छ ।

बढदो कोरोना संक्रमणलाई मध्यनजर गर्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार यस्तो निर्णय गरेका हुन् ।

माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

त्यसैगरी अब सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।

स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू हुने छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x