Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रित्तो भयो आयल निगमको खाता, इन्धन किनेको पैसा तिर्न सरकारले १ अर्ब ८० करोड दिने

रित्तो भयो आयल निगमको खाता, इन्धन किनेको पैसा तिर्न सरकारले १ अर्ब ८० करोड दिने

काठमाडौं,८ माघ। भारतीय आयल कर्पोरेशनलाई इन्धन किनेको पैसा तिर्न सरकारले नेपाल आयल निगमलाई १ अर्ब ८० करोड रुपैयाँ दिने भएको छ। पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरिकरण कोषको शुक्रबार बसेको बैठकले निगमलाई १ अर्ब ८० करोड रुपैयाँ दिने निर्णय गरेको हो।

आयल निगमले यही जनवरी २३ सम्म भारतीय आयल कर्पोरेशनलाई १३ अर्ब रुपैयाँ तिर्नुपर्ने छ। तर, पेट्रोलियम पदार्थको बिक्रीबाट ११ अर्ब २० करोड रुपैयाँ मात्रै संकल भएको निगमले जनाएको छ ।

निगमले दुइदिन अघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । जस अनुसार निगमलो मासिक घाटा १ अर्ब ८८ करोड रहेको निगमले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x