Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा

पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा

काठमाडौं, १० माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरकक्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेशराज जोशीको निर्देशनअनुसार सो व्यवस्था आजदेखि शुरू गरिएको हो ।

महाशाखाले उक्त पुरानो बसपार्कमा “फरकक्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाँउ” लेखिएको बोर्ड पनि राखेको छ ।

“फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौं।” एसएसपी जोशीले बताउनुभयो ।

ट्राफिक महाशाखालेसार्वजनिक सवारी साधनका चालक सह(चालक तथा यात्रुबर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रपगर्न पनि अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x