Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

पर्यटन बोर्डका उपाध्यक्ष रिजाललाई मनपरी खर्चको आरोप

पर्यटन बोर्डका उपाध्यक्ष रिजाललाई मनपरी खर्चको आरोप

काठमाडौं, १३ माघ । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्ष हुँदा मनपरी खर्च गरेको आरोप लागेको छ । सरकारी राजश्वको खर्चमाा उनी दोषि रहेको तथ्य फेला परेको हो ।


तत्कालीन अध्यक्ष रिजालले पदयात्रामा जाने पर्यटकबाट ‘पर्यटक सूचना–व्यवस्थापन प्रणाली’ (टिम्स कार्ड) मार्फत उठाइएको रकममा मनपरी खर्च गरेको तत्थ्य सहित आरोप लागेको हो ।

रिजाल आफै अहिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीमाथि छानबिन गर्न बनेको समितिको संयोजकसमेत रहेका छन् ।

लेखा परिक्षणको क्रममा छानबिन गर्ने व्यक्तिकै सवा करोडभन्दा बढी रकम वर्षौंदेखि बेरुजु रहेको देखिएको छ ।

टानको लेखा परिक्षण गराउँदा रिजालको कार्यकालमा मात्रै १ करोड २१ लाख २१ हजार ३ सय ८७ रूपैयाँ बेरुजु निस्किएको छ ।

रिजालले आफ्नो २ वर्षे कार्यकालमा उक्त रकम बिनाआधार खर्च गरेकोसमेत लेखा परिक्षणमा देखिएको छ। उनले टानमा हुने चिया खर्चदेखि विदेश भ्रमणमा समेत सोही टिम्स कार्डमार्फत उठेको पैसा खर्च गरेको पाइएको छ । रिजाल टान अध्यक्षमा २०७२ असोज २८ मा निर्वाचित थिए ।

लेखा परिक्षणअनुसार १६ लाख ५९ हजार ७ सय ७५ रूपैयाँको खर्च प्रायः होटल र स्टेशनरी खर्चमा देखिएको छ । विदेशमा प्रवर्द्धनको नाममा ४२ लाख ६२ हजार ९ सय ७५ रूपैयाँ खर्च गरेको छ । सिकागोमा मात्रै १० लाख ३१ हजार रूपैयाँ खर्च देखिएको छ । डालस भिजिट भन्दै १० लाख २१ हजार रूपैयाँ खर्च गरिएको छ । यस्तै दर्जनौँ देशको भ्रमणमा लाखौँ रूपैयाँ खर्च गरिएको पाइएको छ ।

टिम्सको पैसाको हिसाब किताब समयमा नगर्दा धेरै समस्या आएको देखिएको टानका अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन् । यसमा बोर्डको पनि केही कमजोरी रहेको पाइएको उनको भनाई छ ।

२०६६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, टान र नेपाल पर्यटन बोर्डबीच त्रिपक्षीय सम्झौता भएपछि पर्यटकबाट टिम्स कार्डमार्फत दस्तुर उठाउन सुरु गरिएको थियो । सम्झौताअनुसार उठाइएको दस्तुरको ३० प्रतिशत बोर्डले, ३० प्रतिशत नेपाल सरकार, ३० प्रतिशत टान र १० प्रतिशत मजदूर कोषमा रहनेगरी सम्झौता गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x