Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

खल्तीले पुरा गर्यो ५ बर्ष

खल्तीले पुरा गर्यो ५ बर्ष

काठमाडौं, १३ माघ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘ुखल्तीु’ले आफ्नो ५ औं बार्षिकोत्सब मनाएको छ।

हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीु ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ।

२०१७ मा आफ्नो यात्रा सुरुवात गरेको ने कुनै पनि स्टार्टअप कम्पनीले पाँच बर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो।

खल्तीले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ। तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा ुखल्तीु, ‘मात्र ५ बर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ ।

युवाहरु माझ बढी प्रचलित ‘ुखल्तीु’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरु ले नै भरिएको मार्केटिंग टिम भएको ुखल्तीु को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ। आफ्नो बार्षिकोत्सबमा रमाइलो भिडियो सार्वजनिक गरि यसलाई फेरी पनि सावित गर्न सफल भएको छ।

साथै आफ्नो जन्मदिन भन्दा एक दिन अगाडी ट्विटरमा जन्मदिनको रिमाइन्डर राखी ट्विटरमा हलचल ल्याउन सफल भएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x