Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मेगाको प्रमोटर सेयर खरिद-बिक्री सहजीकरण

मेगाको प्रमोटर सेयर खरिद-बिक्री सहजीकरण

काठमाडौं, १३ माघ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, विमा (इन्सुरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविदुत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद(विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ ।

यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ वा इमेल [email protected] वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन सक्नेछन् ।

धेरै लगानीकर्ताहरुले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको छ ।

यसले पक्कै आफ्ना ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरिद(बिक्रि गर्न इच्छुक लगानीकर्ताहरुलाई ठूलो राहत मिल्ने विश्वास मेगाले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x