Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

साउदीमा २५ नेपाली अलपत्र

साउदीमा २५ नेपाली अलपत्र

काठमाडौं, १३ माघ । साउदी अरबलगायत खाडीका विभिन्न देशमा नेपाली अलपत्र पर्नेक्रम बढेको छ । रोजगारीका लागि साउदी अरब पुगेका २५ जना नेपाली बिचल्लीमा परेका छन् ।

राम्रो रोजगारी प्रलोभन देखाएर नेपालबाट त्यहाँ पुर्याईएका उनीहरु दुई हप्तादेखि अलपत्र परेका हुन् ।

काठमाडौँको सिनामंगलमा रहेको आसिन ओभरसिज प्रालिमार्फत साउदीको सपोर्ट भिजन कम्पनीमा पुगेका नेपाली अलपत्र परेका हुन् । त्यहाँ सपोर्ट भिजन कम्पनी नै नभेटिएपछि आफूहरु समस्यामा परेको अलपत्र मध्येका एक दाङका अमर परियारले जानकारी दिए ।

आसिन ओभरसिजलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि १ लाख ८० हजारसम्म बुझाएर मेन्टीनेन्स हेल्फर कामका लागि त्यहाँ पुगेका उनीहरु सम्झौता पत्रमा उल्लेख गरिए अनुसारको कम्पनी नभेटेपछि अलपत्र परेका हुन् ।

‘हामीलाई सम्झौता पत्रमा फ्रि भिसा फ्रि टिकट भनिएता पनि म्यानपावरले यति ठूलो रकम असुलेको थियो। हामीले यहाँ आएपछि करार पत्रमा उल्लेख गरिएको सपोर्ट भिजन कम्पनी भेटेनौँ’, अमरले खबरहबसंग भने, ‘हामी २५ जना एउटै कोठामा बसेको पनि १२ दिन भयो ।’

आफूहरु भने अनुसारको कम्पनी तथा काम नभए बस्न नसक्ने भन्दै उनीहरुले घरबाट टिकट मगाएर भए पनि नेपाल फर्किने र म्यानपावर तथा एजेन्टसंग आफ्नो पैसा फिर्ता गरेर न्याय दिन विभिन्न संघसंस्थालाई अनुरोध गरेका छन् ।

रियादस्थित नेपाली दूतावास, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायलाई तत्काल उद्धार गर्न उनीहरुले आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x