एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा साधारण शेयर
काठमाडौं, १३ माघ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजनामा साधाारण शेयर खुलेको छ ।
एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयरहरु÷ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको हो ।
संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य रु. १०० को दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य रु. १०००को दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाइएकोछ ।
साथै, शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले, बिहिबारदेखि यही माघ २० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा लिन चाहेको शेयरहरु\ऋणपत्रहरु दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत्आवेदन पेश गर्न सकिने जनाइएको छ ।