Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एयर इन्डिया ६७ वर्षपछि औपचारिकरुपमा टाटा ग्रुपलाई हस्तान्तरण

एयर इन्डिया ६७ वर्षपछि औपचारिकरुपमा टाटा ग्रुपलाई हस्तान्तरण

काठमाडौं, १४ माघ । ऋणमा डुबेको एयर इन्डिया ६७ वर्षपछि औपचारिकरुपमा बिहीबार टाटा ग्रुपलाई सुम्पिइएको छ । टाटाले अक्टोबर १९३२ मा टाटा एयरलाइन्सको रूपमा एयर इन्डियाको स्थापना गरेको थियो।

सरकारले सन् १९५३ मा एयरलाइनलाई राष्ट्रियकरण गरेको थियो। एयरलाइन्स हस्तान्तरणको औपचारिकता बिहीवार बल्ल पूरा भएको छ । अब एयर इन्डियाको सेयरहरू टालेस प्रालिलाई हस्तान्तरण गरिएको छ। जसले अबदेखि एयर इन्डियाको स्वामित्व पनि सम्हाल्नेछ ।

एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस र एआई एसएटीएसजस्ता तीनवटा संस्थाको स्वामित्व पनि हस्तान्तरण भएको छ । एयर इन्डिया भारतको ध्वजाबाहक वायुसेवा समेत हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x