एनआईबिएल समृद्धि फण्ड–१ को स्वामित्वमा रहेको साधारण शेयर र ऋणपत्र लिलाममा विक्री गरिने

काठमाडौं, १४ माघ । एनआईबिएल समृद्धि फण्ड–१ को सामित्वमा रहेका शेयर र ऋणपत्र लीलामीमा विक्री गरिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको उक्त पहिलो सामूहिक लगानी योजना पुस २२ गते परिपक्व भएको थियो ।
योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फण्ड–१ को स्वामित्वमा रहेको साधारण शेयरहरु÷ऋणपत्रहरु बोलकबोलको माध्यमबाट विक्री गर्न लागिएको हो । संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य रु. १००÷– को दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य रु. १०००÷– को दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाइएको छ ।
शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले माघ १३ गते देखि २० गते सम्ममा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आपूmले लिन चाहेका शेयर÷ऋणपत्र दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेश गर्न सकिने बताइएको छ ।