Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

वीरगञ्ज नाकाबाट २६ अर्बको तेल निकासी

वीरगञ्ज नाकाबाट २६ अर्बको तेल निकासी

वीरगञ्ज, १५ माघ । चालू आर्थिक वर्षको ६ महिनामा पर्साको वीरगञ्ज नाकाबाट भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेलको निकासी बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयको तथ्यँंक अनुसार गत साउनदेखि पुस सम्ममा २६ अर्ब रुपैया“ बढीको तेल निकासी भएको छ ।

वीरगञ्ज नाका हु“दै सर्वाधिक निकासी हुने वस्तुको सूचीमा भटमास र पाम तेल क्रमश पहिलो र दोश्रो तथा सूर्यमुखीको तेल चौंथो नम्बरमा रहेका छन् । वीरगञ्ज नाकाबाट गत साउनदेखि पुस सम्ममा २२ अर्ब १० करोड ४३ लाख ३७ हजार रुपैया“ बराबरको ९ करोड २० लाख किलो भटमासको तेल निर्यात भएको छ ।

गत वर्षको यसै अवधिमा ११ अर्ब ५५ करोड रुपैया“ बराबरको ७ करोड ८३ लाख किलो भटमासको तेल निकासी भएको थियो । त्यसैगरी, २ अर्ब १६ करोड १० लाख रुपैया“ बराबरको १० करोड ४७ लाख किलो पाम तेल निकासी भएको थियो ।

गत वर्षको यस अवधिमा पाम तेलको निकासी शून्य रहेको थियो । भन्सार कार्यालयका अनुसार गत साउदेखि पुस सम्ममा यो नाकाबाट १ अर्ब ७८ करोड २३ लाख रुपैया“ बराबरको ८९ लाख ४० हजार किलो सूर्यमुखीको प्रशोधित तेल निकासी भएको थियो ।

गत वर्षको यसै अवधिमा २१ करोड ७७ लाख रुपैया“ बराबरको १५ लाख ५३ हजार किलो सूर्यमुखीको प्रशोधित तेल निकासी भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x