Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

महासंघ अध्यक्ष र राजदूत आचार्य बीच भेटवार्ता बेलायतसंग व्यापार सम्झौता प्राथमिकता

महासंघ अध्यक्ष र राजदूत आचार्य बीच भेटवार्ता   बेलायतसंग व्यापार सम्झौता प्राथमिकता

काठमाडौं, १८ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसंग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन् ।

बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसंगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भएपनि बेलायतबाट न्युन लगानी भएको हुदा सम्भावना पहिल्याउन सकिने उल्लेख गरे ।

पछिल्लो समय व्यापार पुर्वाधारमा भइरहेको प्रगति, विद्युतको सहज आपुर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले जानकारी दिए ।

पुर्वाधार, श्रम सम्बन्ध, विद्युत आपुर्ति आदिमा उल्लेख सुधार भइरहेको जानकारी दिदै उनल बेलायतमा यी बिषय प्रस्तुत गर्नुपर्ने उल्लेख गरे ।

नवनियुक्त राजदूत आचार्यले आप्mनो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने दाबी गरे ।

बेलायत अब इयुबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौ, उनले भने, यो मेरो प्राथमिकतामा रहेको बिषय हो ।


राजदूत आचार्यले महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (भिजन पेपर) र अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आपूmलाई निजी क्षेत्रको धारणा बुभ्mन र यी बिषयमा काम गर्न सहज हुने धारणा राखे ।

महासंघका बरिष्ठ उपाध्यक्ष ढकालले गैर आवासिय नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने उल्लेख गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x