स्थानीय तहको निर्वाचन खर्च १२ अर्ब लाग्ने
काठमाडौं, १९ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरेको छ। मंगलबार २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन एकसाथ गर्ने प्रस्ताव गर्दै आयोगले यस्तो अनुमान गरेको हो।
आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने अनुमानसमेत गरेको छ। २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा ८ अर्ब रुपैयाँ खर्च लागेको थियो। सात प्रदेश निर्वाचन कार्यालय, ७० निर्वाचन कार्यालय र ७५३ निर्वाचन अधिकृतको कार्यालयबाट उक्त खर्च भएको आयोगले जनाएको छ ।