Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुन र चाँदी भयो महंगो

सुन र चाँदी भयो महंगो

काठमाडौं, १९ माघ । सुनचाँदीको कारोबार मूल्यमा सुधार आएको छ । लगातार घट्ने क्रममा ब्रेक लाग्दै मंगलबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार तोलामा ३ सयले रुपैयाँले महंगो भएको छ ।


बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य साताको पहिलो दिनको बराबर हो । मंगलबार प्रतितोला ९१ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यसअघि पाँच दिनसम्म क्रमिक ओरालो लाग्दा गत सोमबार प्रतितोला ९१ हजार ८ सय भएको थियो भने आइतबार ९२ हजार २ सय थियो ।

बुधबार चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २ सय ५५ रुपैयाँ छ । यो मंगलबारको तुलनामा १५ रुपैयाँले महंगो भएको हो । यसअघि सोमबार र मंगलबार १ हजार २ सय ४० थियो भने साताको पहिलो दिन प्रतितोला १ हजार २ सय ५० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १ हजार ७ सय ९८.८० डलरमा कारोबार भइरहेको छ । लगातार कमजोर भएको कारोबार मूल्यमा यो झिनो सुधारको अवस्था हो । साताको पहिलो दिन गत आइतबार आइतबार प्रतिऔंस १ हजार ७ सय ९२.०१ डलर थियो भने सोमबार १ हजार ७ सय ८७.०४ डलर थियो ।

चाँदीको कारोबार मूल्यमा पनि सामान्य सुधार छ । गत आइतबार प्रतिऔंस २२.४१ डलर रहेकोमा सोमबार घटेर २२.३० डलरमा कारोबार भएको थियो । बुधबार प्रतिऔंस २२.७० डलर छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x