Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष

काठमाडौं,२३ माघ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष निकालेको छ । बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा गठित उपसमितिले रेग्मी आर्थिक अनियमिततामा संलग्न रहेको निष्कर्ष निकालेको हो ।

साथै उनलाई थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्न सिफारिस गरेको छ । उपसमितिले रेग्मीले बोर्डमा गरेका आर्थिक अनियमितता, गैरकानूनी क्रियाकलाप अनि भन्सारका कर्मचारीमाथिको दुव्र्यवहार र सुन चोरी पैठारीजस्ता घटनाले रेग्मी पर्यटन बोर्डको प्रमुख कार्यकारी पदमा रहिरहन उपयुक्त नहुने सुझाव दिएको छ ।

आर्थिक अनियमितताको आरोपमा त थप अनुसन्धान हुनुपर्ने भनेको छ । नेपाल पर्यटन बोर्ड ऐन २०५३ मा बोर्डको कार्यकारी समितिको निर्देशनको पालना नगरेमा वा बोर्डलाई हानी हुने काम गरेमा छानबिन उपसमिती गठन गरी कार्यकारी प्रमुखलाई पदबाट हटाउने व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x