Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

दोश्रो दिन फेरी बढ्यो

दोश्रो दिन फेरी बढ्यो

काठमाडौं, माघ २४ । नेप्से परिसूचक घट्ने क्रम रोकिएको छ । साताको पहिलो दिन आइतबार ४०.५७ अंकले गिरावट आएको बजार सोमबार भने थामिएको छ । गत साता बिहीबार पनि बजार १४.५८ अंकले घटेको थियो ।

सोमबार भने बजार १५.६९ अंकले बढेर २८५१.८६ बिन्दुमा पुगेको छ । सोमबार ९५ लाख १२ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड रूपैयाँको कारोबार भएको छ ।

जसमा १ सय ५ कम्पनीको सेयर मूल्य बढ्दा ७० कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन ।

चुनावी चर्चा र एमसीसीको विषयमा भइरहेका छलफलले समेत सेयर बजारलाई असर गरेको थियो। जसका कारण लगानीकर्ता त्रासमा हुँदा बजारमा उतारचढाव आइरहेको छ ।

विश्लेषकहरूले भने राजनीतिक कारण पनि केही दिन सेयर बजारमा उतारचढाव हुने तर धेरै दिन उतारचढावको अवस्था नजाने बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x