Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१६.३० अंकले घट्यो शेयर बजार, ६ अर्ब २८ करोडको कारोबार

१६.३० अंकले घट्यो शेयर बजार, ६ अर्ब २८ करोडको कारोबार

काठमाडौं, २५ माघ । साताको तेस्रो कारोबार दिन मंगलवार शेयर बजार १६.३० अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.५७ प्रतिशतले घटेर २८३५.५८ अंकमा आइपुगेको छ ।

मंगलवार २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

घटेको बजारमा यस दिन सर्वाधिक नाफा एभरेस्ट इन्स्योरेन्स कम्पनीको डिबेञ्चर रहेको छ, जसको मूल्य ६.१५ प्रतिशतले बढेको छ । यस्तै सर्वाधिक शेयरमूल्य गुमाउनेमा लिबर्टी इनर्जी कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ६.२७ प्रतिशतले घटेको छ ।

यस्तै कारोबार रकमका आधारमा भने अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । सो कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x