Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लि. ले आई.पि ओ जारि गर्दै

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लि. ले आई.पि ओ जारि गर्दै

काठमाडौं, २५ माघ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लि ले आउदो फागुन ४ गते आई.पि.ओ निष्कासन गर्ने भएको छ । आ.ब.२०७८÷०७९ को दोस्रो त्रैमास सम्ममा गत आ.ब.को. सोही अवधिको तुलनामा प्रगति हासिल गरेको छ ।
संस्थाले खुद मुनाफमा १४८ प्रतिशत, रिजर्भमा ७९ प्रतिशत, कर्जा लगानीमा ६४ प्रतिशत, खुद व्याज आम्दानीमा ५७ प्रतिशत लगायत अधिकांस सूचकहरुमा प्रगति हासिल गरेको र खराब कर्जा करिब ५९ प्रतिशत घट्न गई जम्मा खराब कर्जा १.०३ प्रतिशतमा सिमित राख्न संस्था सफल भएको छ जुन लघुवित्त वित्तीय संस्थाहरु मध्येकै कम हो ।
वित्तीय संस्थाले हालसम्मको संचित मूनाफा र चालु आ.ब.को बांकी ६ महिनामा आर्जन गर्ने मूनाफाबाट आगामी बर्ष शेयरधनीहरुलाई करिब ५० प्रतिशत भन्दा बढी लाभांस बाढ्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x