Date

सोम, पुस १५, २०८१
Mon, December 30, 2024

हकप्रद पछि कुमारी बैंकको भयो मुल्य समायोजन

हकप्रद पछि कुमारी बैंकको भयो मुल्य समायोजन

काठमाडौं, १० वैशाख । हकप्रद प्रयोजनका लागि कुमारी बैंकको शेयर मुल्य समायोजन भएको छ । नेप्सेका अनुसार बैंकको शेयर २५६ रुपैयाँ मुल्य समायोजन गरिएको छ । यस्तै बैंकको आधार मुल्य ३०३.९२ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

कुमारी बैंकले १० बराबर २ कित्ता अर्थात २० प्रतिशत हकप्रद शेयरको जारी गर्ने भएको छ । बैंकले उक्त हकप्रद शेयर वैशाख २८ गतेबाट बिक्री खुल्ला गर्ने भएको छ । यस्तै बैंकले उक्त हकप्रद शेयरको बिक्री बन्द जेठ ३१ गते गर्ने जनाएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १५५ रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार ९९१.५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस हकप्रदको पुँजीकरण पछि बैंकको चुक्ता पुँजी ७ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । बैंकको हाल चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बाँकी भएको ८५ करोड रुपैयाँ बोनस शेयरमार्फत समायोजन गरिने बैंकले जनाएको छ ।

बैंकले हकप्रद शेयरको लागि बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरिएको छ । सो हकप्रद शेयरको आवेदन बैंकको सम्वन्धित शाखाहरु, एनआईविएलको सम्बन्धित शाखाहरु र आस्वा प्रणालीमा आवद्ध सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमार्फत दिन सकिने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x