Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ग्लोबल आइएमईको खुद मुनाफा १ अर्ब ४४ करोड रुपैयाँ

ग्लोबल आइएमईको खुद मुनाफा १ अर्ब ४४ करोड रुपैयाँ

काठमाडौं, १० वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ग्लोबल आइएमई बैंकले १ अर्ब ४४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । तर गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जन २.२१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकले १ अर्ब ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब २ अर्ब रुपैयाँ र कर्जा प्रवाह ८९ अर्ब ६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ८५ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरि ७३ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समिक्षा अवधिमा बैंकको प्रति शेयर आम्दामी २१.६७ रुपैयाँ, प्रति शेयर नेटवर्थ १४३.४४ रुपैयाँ र मुल्य आम्दामी अनुपात १४.५५ गुणा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x