Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

रेमिट्यान्स ५.५ प्रतिशतले घट्याे, विदेशी विनिमय सञ्चितिमा पनि दबाब

रेमिट्यान्स ५.५ प्रतिशतले घट्याे, विदेशी विनिमय सञ्चितिमा पनि दबाब

काठमाडौं, २७ माघ । चालू आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा रेमिट्यान्स आय ५. ५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुुसार पुस मसान्तसम्मा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्ममा रेमिट्यान्स ११. १ प्रतिशतले बढेको थियो । चालू आवको शुरुवातदेखिनै रेमिट्यान्स घट्दै आएको छ । रेमिट्यान्स घट्दै जानुको प्रमुख कारणको रूपमा विश्वभर फैलिएको कोभिड–१९ को प्रभाव र क्रिप्टो करेन्सीमा नेपालीहरुको लगानी बढ्दै जानुलाई लिइएको छ ।

रेमिट्यान्स कम भित्रिदै जाँदा विदेशी विनिमय सञ्चितिमा प्रभाव देखिएको छ । गत असार मसान्तदेखि पुुस मसान्तसम्ममा २ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति घटेको छ । पुस मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । असार मसान्तसम्म विदेशी यो रकम १३ खर्ब ९९ अर्ब ३ करोड रहेको थियोे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x