Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

रोकिएन शेयर बजारको ओरालो क्रम, परिसूचक र कारोबार दुवै घट्यो

रोकिएन शेयर बजारको ओरालो क्रम, परिसूचक र कारोबार दुवै घट्यो

काठमाडौं, २६ माघ । साताको चौथो कारोबार दिन बुधवार अघिल्लो दिनको तुलनामा शेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको छ । यस दिन नेप्से परिसूचक २०.११ अकं र कारोबार रकम समेत २ अर्ब ८१ करोडले घटेको हो ।

मंगलवार नेप्से परिसूचक ०.७८ प्रतिशतले घटेर २८१३.४७ अंकमा आइपुगेको छ । यस दिन सबै समूहको उपसूचक घटेका छन् । यस्तै कुल २२३ कम्पनीको ६५ लाख २० हजार ६२८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४७ करोड ११ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

घटेको बजारमा लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । यस कम्पनीको शेयरमूल्य ३.०८ प्रतिशतले बढेको हो । यस्तै सर्वाधिक शेयरमूल्य गुमाउनेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ, जसको शेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । यस कम्पनीको १८ करोड ६१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x