Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

उपभोक्ताले दुध किन्दा बढेकै तिर्नु पर्ने

उपभोक्ताले दुध किन्दा बढेकै तिर्नु पर्ने

काठमाडौं, २७ माघ । सरकारले दूधको उपभोक्ता मूल्य बढाएको छ । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढएको हो । यसअघि प्रतिलिटर दूधको उपभोत्ता मुल्य ७६ रुपैयाँ रहेकोमा बढएर ८५ रुपैयाँ बनाइएको हो ।

डीडीसीको सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । बढेको ९ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानले पाउने छन् भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीले पाउने सरकारले जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपैयाँ वृद्धि गरी ५६.०४ रुपैयाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।

सरकारले किसानका लागि दूधको मूल्य वृद्धि गरेपछि डीडीसीले उपभोक्ताका लागि प्रतिलिटर १० रुपैेयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको थियो । डीडीसीले प्रस्ताव गरेको १० रुपैयाँ बढी भएको भन्दै मन्त्रालयमा ८ रुपैयाँसम्म बढाउन स्वीकृत दिएको थियो । तर बुधबार बसेको डीडीसी सञ्चालक समितिको बैठकले प्रतिलिटर ९ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

उपभोक्ता मुल्य बढाउने विषयमा डीडीसीले नै निर्णय गर्दै आएको छ । डीडीसीले गरेको निर्णयका आधारमा अन्य निजी डेरी उद्योगहरुले सोही मूल्य लागु हुँदै आएको छ । पछिल्लो समय हरेक वस्तुको मूल्य बढ्दै गएको छ । दैनिक प्रयोग हुने वस्तुदेखि विदेशबाट आयात हुने महँगा सामानको मूल्य पनि ह्वात्तै बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x