साताको अन्तिम कारोबार दिन पनि रोकिएन शेयरबजारको घट्दो क्रम
काठमाडौं, २७ माघ । यस साताको अन्तिम कारोबार दिन बिहीवार पनि शेयरबजारको ओरालो यात्रा रोकिएन । यस दिन नेप्से परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ अंकमा आइपुगेको छ ।
मंगलवार २२७ कम्पनीको ५९ लाख ५० हजार ८३८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
घटेको बजारमा एभरेस्ट इन्स्योरेन्स कम्पनीको प्रवद्र्धक शेयरको मूल्य सर्वाधिक ५.३३ प्रतिशतले बढेको छ । यस्तै सर्वाधिक शेयरमूल्य गुमाउनेमा मिथिला लघुवित्त वित्तीय संस्था रहेको छ, जसको शेयरमूल्य ४ प्रतिशतले घटेको छ ।