Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पल्सर एन एस २०० बन्यो युवापुस्ताको रोजाइ

पल्सर एन एस २०० बन्यो युवापुस्ताको रोजाइ

काठमाडौं, १० बैशाख । पल्सरको नयाँ जेनरेसनको एन एस २०० युवापुस्ताको प्रमुख रोजाइ बनेको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको बजाज ग्राण्ड एक्सचेन्ज मेलाको अन्तिम दिन आजसम्ममा करिब ६ सय बजाजका विभिन्न मोडल एक्सचेन्ज र विक्रि भएको आयोजकले जानकारी दिए ।

पाँच दिनको अवधिमा करिब ६ सय वटा मोडल विक्रि एवं एक्सचेन्ज भएको छ । यसमा पनि झण्डै ७० प्रतिशत एक्सचेन्ज भएको मेलामा सेल्स हेरिरहेका अंकुर खनालले जानकारी दिए । मोटरसाइकलको राम्रो भ्यालुएसन पाएकाले पनि बजाज प्रयोगकर्ताहरुको रोजाइ बढेको खनालले बताए ।अन्यत्र भन्दा बढि भ्यालुएसन रेट दिने गरेको कारण पनि ग्राहकहरु सेवादेखि सन्तुष्ट रहेको उनले भन्दै उनले ग्राहकको सहजताका लागि टेष्ट राइड र कम्प्लेन डेक्स पनि संचालनमा राखेको बताए ।

बजाज एक्सचेन्ज मेलामा एन एस २०० का अलवा पल्सर २२० र १५०, डिस्कभर १२५ र १५०, एभेन्जर १५० र २२० पनि रोजाइमा परेको खनालले बताए । बैशाख ६ देखि सुरु भएको एक्सचेन्ज मेला आजदेखि सकिदैंछ । मेलाभर आयोजकले नयाँ वर्ष स्किम अन्तर्गत हरेक मोटरसाइकलमा ७ हजार ५ सय छुटका साथै हरेक दिन एक क्रेतालाई लक्की ड्र मार्फत ७५ हजार रुपैंया प्रदान गर्नेछ । यसका अलवा मेलाभर बजाजले हरेक एक्सचेन्जमा लेग गार्ड, हेल्मेट र रेन कोट पनि उपहार स्वरुप दिइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x