Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी ‘खल्ती’ बाट तिर्न सकिने

काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी ‘खल्ती’ बाट तिर्न सकिने

काठमाडौं , २८ माघ । ’खल्ती’ डिजिटल वालेटले काठमाडौ महानगरपालिकाको कर अनलाईन बाट भुक्तानी गर्न सक्ने सुविधा लागु गरेको छ ।
यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै ः जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायको कर ‘खल्ती’ मार्फत भुक्तानी गर्न सक्नेछन् ।
“स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुने ‘खल्ती’ का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले बताए ।
यो सुविधा लिनुपुर्व करदाताले ई सर्भीस डट काठमाण्डु डट जीओभि डट एन पी मा गएर आवश्यक पर्ने विवरण पेस गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराई युजर नाम र पासर्वड लग–इन गरि सेवा लिन सक्ने संस्थाले जनाएको छ । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु रहेको बताईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x