Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

छ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा करिव १० अर्व खर्च

छ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा करिव १० अर्व खर्च

काठमाडौं, २९ माघ । चालू आर्थिक वर्ष २०७८/७९ को छ महिनामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा करिव १० अर्व रुपैयाँ खर्च भएको छ । अर्थमन्त्रालयले विहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ अर्धवार्षिक मूल्याङ्कन प्रितवेदनमा अनुसार पहिलो छ महिनामा कोरोना नियन्त्रण,रोकथाम तथा उपचारमा नौ अर्व ६९ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।

जसमध्ये सबैभन्दा बढी संघीय सरकारले सात अर्व ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । सात वटै प्रदेशबाट एक अर्ब ८८ करोड पाँच लाख रुपैयाँ खर्च भएको छ । यस्तै स्थानीय तहबाट छ कराेड ६६ लाख रुपैयाँ खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा कोरोना रोकथाम,नियन्त्रण तथा उपचारका लागि संघ,प्रदेश र स्थानीय तहबाट १३ अर्व ३१ करोड ४३ लाख खर्च भएको अर्थ मन्त्रालयको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x