Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशतका दरले बोनस सेयर जारी गर्ने

एभरेष्ट इन्स्योरेन्सले १० प्रतिशतका दरले बोनस सेयर जारी गर्ने

काठमाडौं, १० बैशाख । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट चूक्ता पूँजीको १० प्रतिशतको दरले बोनस सेयर जारी गर्ने भएको छ । राजधानीमा आज सम्पन्न २३ औं वार्षिक साधारण सभाले सो प्रस्ताव पातिर गरेको हो ।

कम्पनीको २२ औं साधारण सभाबाट पारित भएको ६ सय प्रतिशत हकप्रद सेयर प्रस्तावलाई परिमार्जन गरि बीमा समितिको निर्देशन बमोजिम कम्पनीको सेयर संरचनामा न्यूनतम ५१ प्रतिशत संस्थापक सेयरधनी कायम गर्ने गरि बोनस सेयर पश्चात हुन आउने चूक्ता पूँजीमा सेयरधनीलाई १०५ प्रतिशत संस्थापक हकप्रद सेयर जारी गर्ने भएको छ । सो संस्थापक हकप्रद पश्चात कायम सेयरधनीहरुलाई थप तीन सय प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ।

त्यस्तै साधारण सभाले ५ जना संचालकहरु पनि चयन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको यस ९ स्थानमा नयाँ शाखा स्थापना गर्नुका साथै ४ स्थानको शाखालाई पुनस्थापना गरेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *