Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेञ्चुरी बैंकको उत्साहप्रद मुनाफा, १०२.६३ प्रतिशतले बढ्यो मुनाफा

सेञ्चुरी बैंकको उत्साहप्रद मुनाफा, १०२.६३ प्रतिशतले बढ्यो मुनाफा

काठमाडौं, ११ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार सेञ्चुरी बैंक लिमिटेडले उत्साहप्रद खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकले चालु आर्थिक वर्षको समिक्षा अवधि आफ्नो कारोबारलाई विस्तार गरि मुनाफालाई समेत वृद्धि गरेको छ ।

समिक्षा अवधिमा बैंकले ६३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकले १०२.६३ प्रतिशतले खुद मुनाफालाई वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको समिक्षा अवधिमा ३१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यस्तै बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ८५ करोड ३७ लाख रुपैयाँ संचालन मुनाफा आजर्न गरेको छ भने १ अर्ब २२ करोड रुपैयाँ खुद व्याज आम्दामी गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ५२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ३३ अर्ब १४ करोड रुपैयाँ र कर्जा प्रवाह ३० अर्ब ६ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको समिक्षा अवधिमा बैंकले निक्षेप संकलन ५२ प्रतिशत र कर्जा प्रवाह ६६.३८ प्रतिशतले बढाएको छ ।

बैंकले खुद मुनाफा आर्जनमा गरेको वृद्धिले प्रति शेयर आम्दामीमा सन्तुलन आएको छ । यद्यपी गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकको प्रति शेयर आम्दामीमा केहि कमी आएको छ । बैंकको प्रति शेयर आम्दामी समिक्षा अवधिमा १०.४२ रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा ११.२४ रुपैयाँ थियो । समिक्षा अवधिमा बैंकको प्रति शेयर नेटवर्थ ११५.०४ रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x