Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

१.९३ अंकले घट्यो शेयर बजार, २ अर्ब बढीको कारोबार

१.९३ अंकले घट्यो शेयर बजार, २ अर्ब बढीको कारोबार

काठमाडौं, ५ फागुन । साताको पाचौं कारोबार दिन बिहिबार शेयरबजार १.९३ अंकले घटेको छ । यस दिन नेप्से ०.०७ प्रतिशतले घटेर २७३२.५२ अंकमा आइपुगेको छ ।

कारोबार हुने साताको अन्तिम दिन बिहिबार २२७ कम्पनीको ४० लाख १७ हजार ४ सय २९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २७ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यस दिन ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा कुनै परिर्वतन नभइ ५१८.६६ अंकमा स्थिर रहेको छ ।

१३ समूहका कम्पनीको उपसूचकमध्ये ८ कम्पनीको कारोबार घटेको छ भने ५ कम्पनीको कारोबारमा वृद्वि भएको छ । यस दिन ट्रेडिङ्ग समूहको भने उपसूचक बढेर १२.३३ अंकले बढेर २९१३.३२ अंकमा पुगेको छ । यस्तै जिवन बीमा समूहको उपसूचक सर्वाधिक ६३.७४ अंकले घटेर १५०६५.९७ अंकमा आइपुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x