Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा : बैंकमा अब दुई प्रकारको ब्याजदर लागू हुने (पूर्णपाठ सहित)

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा : बैंकमा अब दुई प्रकारको ब्याजदर लागू हुने (पूर्णपाठ सहित)

काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत शेयर बजार, बस्तु आयात र घरजग्गाको कर्जामा कडाई गर्ने निति लिएको छ ।

घरजग्गा र बस्तु आयात अनुपादक भएको भन्दै राष्ट्रबैंकले सीमा पुनरावलोकन गर्ने भएको हो । बैंकले प्रवाह गरेको जग्गा प्लटिङसम्बन्धीको कर्जा र मार्जिन प्रकृतिको कर्जाको पुनरावलोकन हुने छ ।

यस्तै बैंकदरलाई ५ प्रतिशतबाट वृद्धि गरेर ७ प्रतिशत पुगेको छ । नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम भएको हो । बैंकहरुले पुनर्कर्जाको धेरैमा ब्याजदर ७ प्रतिशत लिन पाउने छन् ।

अब दुई प्रकारको व्याजदर लागू हुने भएको छ । उत्पादक क्षेत्रलाई सस्तो र उत्पादक क्षेत्रको तुलनामा अनुत्पादकमा धेरै व्याज लाग्ने व्यवस्था गरिएको छ । (मौद्रिक नीतिको पूर्णपाठका लागि तलको लिन्कमा क्लिक गर्नुहोला ।)

https://drive.google.com/file/d/1dLUWVemZffr6HTz9H8J8afqBna7SGCn0/view?usp=drivesdk

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x