Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

गौतमबुद्ध विमानस्थलमा आजबाट क्यालिब्रेसन फ्लाइट, भैरहवा विमानस्थलको उडान दिनभर ठप्प

गौतमबुद्ध विमानस्थलमा आजबाट क्यालिब्रेसन फ्लाइट, भैरहवा विमानस्थलको उडान दिनभर ठप्प

काठमाडौं, ६ फागुन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) आजदेखि शुरु हुने भएको छ । क्यालिब्रेसन फ्लाइट शुरुसँगै भैरहवा विमानस्थलको उडान दिनभर ठप्प हुने छ ।

क्यालिब्रेसन फ्लाइटका क्रममा बिहान ११ः०० देखि दिउँसो ४ः३० बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्णरुपमा ठप्प हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए । कम उचाइमा उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले जहाजको उडान रोक्नुपरेको जनाइएको छ । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुने गरेको छ ।

फागुन १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट हुने छ । त्यसपछि रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडानका शुरु हुने प्राधिकरणले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x