सुनको मूल्य चार सयले वृद्वि
काठमाडौं , ०६ फागुन । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनचाँदीको मूल्य वृद्वि भएको छ । सुनमा ४ हजार र चाँदीमा १० रुपैयाँको दरले वृद्वि भएको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला ९६ हजार ५ सय र चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जानकारी गराएको हो ।
बिहिबार छापावाला सुन प्रतितोला ९६ हजार १ सय र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।