Date

शनि, माघ ५, २०८१
Sat, January 18, 2025

अजोड ईन्स्योरेन्सको साधारण सभा

अजोड ईन्स्योरेन्सको साधारण सभा

काठमाडौं, ७ फागुन । अजोड ईन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

यस कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अर्थात् पुष मसान्त सम्म बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । थप २ शाखा ठमेल काठमाण्डौ, टोखा काठमाण्डौ र १ उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असर ले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनील कुल बीमा शुल्क रु.१.३१ अर्व आर्जन गरेको, खुद नाफा रु.१०.२० करोड रहेको र बीमाकोषमा रु. ११.२१ करोड संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८% खुद नाफामा ६०.३३%, एवं बीमाकोषमा ७९.८२ % ले वृद्धि हासिल गर्न सफल भएको छ ।

कम्पनीको चौथो वार्षिक साधारण सभाले लेखापरिक्षणको प्रतिवेदनसँगै मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण सहित पारित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x