Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिवद्धता

नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिवद्धता

काठमाडौं, ७ फागुन । नेपालका साना किसान कृषि सहकारी संस्था सदस्यका युवा छोराछोरीहरुलाई प्रशिक्षार्थी कृषि अध्यायनका लागि इजरायल पठाउन नेपाल स्थित इजरायली राजदुतावासले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

साना किसान लघुवित्त वित्तीय संस्था लि.एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, डिसिइयो डा. नवराज सिंखडा र डिसिईयो झलेन्द्र भट्टराई संगको भेटमा इजरायली राजदूत हानान गोडरले कोरोना भाइरस कोभिड १९ का कारण केही समयदेखी रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफु प्रतिवद्ध रहेको बताएका हुन् । उनले नेपाली साना किसान सदस्यहरुको जीवन रुपान्तरणका लागि कृषि र पशुपालनमा आधारीत प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिकाले आफुहरुलाई खुसी लागेको बताए ।

नेपालका ७५ भन्दा बढि जिल्लामा साना किसान सञ्जाल रहेको यस साना किसान अभियानसंग जोडिएर गाउँतहका साना किसान सदस्यहरुलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताउनुभयो । नेपालबाट प्रशिक्षार्थीका रुपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्यायन गरेर फर्केका धेरै युवाहरु अहिले व्यवसायी बनिरहेका छन् । नेपालमै सम्भावनाको ढोका खोलीरहेका छन् ।

भेटघाटका क्रममा साना किसान लघुवित्त वित्तीय संस्था लि. एंव नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले कृषि तथा पशुजन्य उत्पादनमा युवा किसानहरुले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताए । नेपालका युवाहरुलाई इजरायलले प्रशिक्षार्थी विधार्थीका रुपमा अवसर दिएर नेपालका किसानहरुलाई ठूलो गुन लगाएको उनले उल्लेख गरे ।

इजरायल सरकार र नेपाल स्थित इजरायली राजदूतावास एंव राजदूत हानान गोडरले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको भन्दै अध्यक्ष पाठकले धन्यवाद दिदै नेपाल र इजरायलबीचको सम्बन्ध सुधारका लागि समेत कृषि अध्यायनका लागि विधार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको उल्लेख गरे ।

नेपाल मामिला बारे राम्रो जानकारी राख्ने राजदूत हानान गोडर कै अग्रसरतामा नेपालका साना किसाका छोराछोरीहरुलाई १० महिने प्रशिक्षार्थी कामदारका रुपमा इजरायल पठाउने कार्यको थालनी भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x